काठमाडौंमा १ करोडको मर्क्युरीको कारोबार, ९ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको धुम्बाराहीबाट ९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले पुस २२ गते धुम्बाराहीबाट रेड मर्क्युरी प्रकरणमा ९ जनालाई पक्राउ गरेको विज्ञतिमा उल्लेख छ ।

रेड मर्क्युरी भनेर एक करोडमा मोलमोलाई गरी अबैध कारोबार भइरहेको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौं– १७ घर भई बालाजु बस्ने ३९ वर्षीय अख्तर हुसेनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई नयाँबजार बस्दै आएका ३० वर्षीय राज मगर, रुपन्देहीको कञ्चन गाउँपालिका–५ घर भई हाल बालाजु बस्ने ३८ वर्षीय प्रेमबहादुर बानियाँ रहेका छन् ।

धादिङको धुनबेशी गाउँपालिका– २ महेशफाँट घर भएका २५ वर्षीय कृष्णकुमार परियार, प्यूठानको नौबहिनी गाउँपालिका– ३ घर भई कलंकी बस्ने ५१ वर्षीय गंगाबहादुर बुढा, पर्वतको जलजला गाउँपालिका–४ घर भई बढुवानिलकण्ठ बस्ने५१ वर्षीय मयाल श्रीष, रौतहटको गुजरत नगरपालिका–२ वर्मटोल घर भई नयाँबसपार्क बस्ने ३८ वर्षीय संगम लामा र उदयपुरको गडी गाउँपालिका– ५ क्युरेनी घर भई बसुन्धरामा बस्ने ३९ वर्षीय बलजित विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2023 January 8, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया