काठमाडौंमा १ करोडको मर्क्युरीको कारोबार, ९ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको धुम्बाराहीबाट ९ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले पुस २२ गते धुम्बाराहीबाट रेड मर्क्युरी प्रकरणमा ९ जनालाई पक्राउ गरेको विज्ञतिमा उल्लेख छ ।
रेड मर्क्युरी भनेर एक करोडमा मोलमोलाई गरी अबैध कारोबार भइरहेको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौं– १७ घर भई बालाजु बस्ने ३९ वर्षीय अख्तर हुसेनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई नयाँबजार बस्दै आएका ३० वर्षीय राज मगर, रुपन्देहीको कञ्चन गाउँपालिका–५ घर भई हाल बालाजु बस्ने ३८ वर्षीय प्रेमबहादुर बानियाँ रहेका छन् ।
धादिङको धुनबेशी गाउँपालिका– २ महेशफाँट घर भएका २५ वर्षीय कृष्णकुमार परियार, प्यूठानको नौबहिनी गाउँपालिका– ३ घर भई कलंकी बस्ने ५१ वर्षीय गंगाबहादुर बुढा, पर्वतको जलजला गाउँपालिका–४ घर भई बढुवानिलकण्ठ बस्ने५१ वर्षीय मयाल श्रीष, रौतहटको गुजरत नगरपालिका–२ वर्मटोल घर भई नयाँबसपार्क बस्ने ३८ वर्षीय संगम लामा र उदयपुरको गडी गाउँपालिका– ५ क्युरेनी घर भई बसुन्धरामा बस्ने ३९ वर्षीय बलजित विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया