मोटरसाईकल दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । सप्तरीमा रोकिराखेको टिप्परमा मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

खडक नगरपालिका–११ स्थित सडकमा बा.८९ प ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल रोकी राखेको स.१ ख ९२८ नम्बरको टिपरमा ठोकिएर गएराति दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा बा.८९ प ३२१५ नम्बरको मोटरसाइकल चालक खडक नगरपालिका–११ बनौली बस्ने २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी रहेका छन् ।

प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–१० बस्ने २२ वर्षीय रामाकान्त चौधरी रहेका छन् ।

दुर्घटनामा घाइते भएका एकजनाको गजेन्द्रनारायण सिंह अस्पतालमा प्रारम्भीक उपचारपछि न्यूरो अस्पताल विराटनगरमा थप उपचार भइरहेको छ ।

सडकमा टिपर रोकेर राख्ने टिपर चालकलाई प्रहरीले अनुसन्धानका लािग नियन्त्रणमा लिएको छ ।

यता, काभ्रेको धुलिखेल नगरपालिका–६ हस्पिटल चोकस्थित सडकमा बा.८० प ९०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–३ बस्ने २० वर्षीय राजकुमार बाँनियाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Published : Sunday, 2023 January 8, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया