देश उग्रवामपन्थी र उग्रदक्षिणपन्थीको चुंगलमा फसेकै हो त ?

कविता

किरण गिरी

नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र सभापति देउवाको ध्यानाकर्षण :-

जय नेपाल दाइ ,
देश उग्रवामपन्थी र उग्रदक्षिणपन्थी को चुंगल फसेकै हो त ?
त्यसो भए ,
तिमी नसुत,
धेरै नसुत हरदम चनाखो बन ।
तिमी नसुत ।
तिमी सुत्यौ भने यो देश सुत्नेछ , मुलुक बर्बाद हुने छ ।

जय नेपाल दाइ ,
लोकतन्त्र, उग्रवामपन्थी र उग्रदक्षिणपन्थीको खतरामा परेको छ ।
तिमी एक्लो होईनौ र छैनौ पनि
तिमीसंग लाखौं मानिसको सपना गाँसिएको छ ।
लाखौं मानिसको आवाज जोडिएको छ ।
लाखौं लाख मानिसको समर्थन जोडिएको छ ।
लाखौ मानिसको कठोर संघर्ष लुकेको छ ।
लाखौ जनको विश्वास र भरोसा जोडिएको छ ।
यसर्थ,
नसुत,
धेरै नसुत हरदम चनाखो बन ।
तिमी नसुत
तिमी सुत्यौ भने धेरै मानिसको भरोसा टुटनेछ ।
तिमी सुत्यौ भने यो देश सुत्नेछ , मुलुक बर्बाद हुने छ ।

जय नेपाल दाइ ,
संबिधान , च्यात्ने र नमान्नेहरुको हातमा परेको छ ।
तिमी कांग्रेस एक दिन वा एक छिनमा बनेका होईनौ
जेल, नेल र प्रवासको अनेकौ यातना सहेर
आफन्त र पराईको मुटुमा बिझ्ने लान्छना खेपेर
निर्मम र निर्दयी षडयन्त्रहरु छिचोलेर
आज आफ्नो खुट्टामा उभिएका छौ ।
नेपाली कांग्रेस लाई पहिलो पार्टी बनाएका छौ ।

जय नेपाल दाइ ,
संघीय लोकतान्त्रिक गणतन्त्र अब खतरामा परेको छ ।
जुन माटोमा तिमी उभिएको छौ ।
तिमी र तिम्रो साथीहरु स्वयंले आफ्नो
रगत, पसिना र परिश्रम बगाएको माटो हो यो ।
यसैले यो माटोमा तिम्रो अधिकार छ ।
मेरो अधिकार छ , हाम्रो अधिकार छ ।
यो माटोको पनि तिमीसंग असीमित हक छ ।
यही माटोले तिमीलाई हुर्कायो ।
मलाई हुर्कायो ।
यही माटोले तिमीलाई बनायो ।
मलाई बनायो ।
आज यो माटो जोगाउने कठिन समय आएको छ ।
यसर्थ,
नसुत,
धेरै नसुत हरदम चनाखो बन ।
तिमी नसुत
तिमी सुत्यौ भने यो माटोको आँशु लाग्नेछ
तिमी सुत्यौ भने यो देश सुत्नेछ , मुलुक बर्बाद हुने छ ।

जय नेपाल दाइ ,
देशमा निरंकुशता को जन्जीर फैलने खतरा छ ।
एक चोटी बिगतलाई फर्किएक हेर त ।
एक पल्ट अतितलाई सम्झिएर सोंच त ।
मध्यम रातमा बुढानिलकण्ठमा भएको शाही ज्यादती ।
त्यो कहालीलाग्दो रात्रीमा पनि
तिमी कहिल्यै पनि झुकेनौ
आफु पनि जाग्यौ,
अरुलाई जगायौ
एक दिन बिहान अवश्य नै हुन्छ भनि
भविष्यप्रति विश्वास गर्न सिकायौ ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र र संबिधान ल्यायौ ।

जय नेपाल दाइ ,
लोकतन्त्र र मानवअधिकार संकटमा पर्दै छ ।
धेरै मानिस हिडे तिमीले सिकाएको बाटोमा
धेरै मानिस शहीद भए यही माटोमा
के तिमीलाई ति शहीहहरुको याद आउछ ?
के तिमीलाई दु:खको बेला संधर्षमा
संगै हिडेको साथीहरुको सम्झना आउछ ?
धेरै मानिसहरुले भन्न थालेका छन्
तिमीले साथीहरु र शहीदहरुलाई बिर्स्यौ रे ?
यदि तिमीलाई
साथी र शहीदहरुको साँच्चै याद आउछ भने
नसुत,
धेरै नसुत हरदम चनाखो बन ।
नहट पछि नहट ।
तिमी नसुत
तिमी सुत्यौ भने
भविष्य प्रतिको मानिसको विश्वास मर्नेछ ।
शहीदको आत्मा धुरुधुरु रुनेछ ।
नसुत, धेरै नसुत ।
तिमी सुत्यौ भने यो देश सुत्नेछ ,मुलुक बर्बाद हुने छ ।

जय नेपाल दाइ ,
प्रेस स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता हनन हुदै छ ।
तिमीले गरेका संघर्ष र राम्रो कर्महरु
मानिसहरुलाई तिमीले बुझाउन सकेनौ
जसको लागि सम्पुर्ण जिवन दियौ
आज तिनीहरु कै
ताना र आलोचनाको कोलाहल छ ।
आवाजको स्वतन्त्रताको लागि मशाल बोक्यौ ।
शब्दहरुको स्वतन्त्रताको लागि नारा लगायौ ।
विचारको स्वतन्त्रताको लागि जुलुश निकाल्यौ
दलहरुको स्वतन्त्रताको लागि जेल बस्यौ
मानिसको स्वतन्त्रताको लागि तिमी लडिरह्यौ
र तिम्रो शाथीहरु शहीद भए ।
जुन स्वतन्त्रता र अधिकारको लागि
तिमी र तिम्रो साथीहरुले संघर्ष गर्यौ
आज त्यो स्वतन्त्रता र अधिकार माथि
देशमा गंभीर खतराको कम्युनिस्ट कालो बादल मडारिएको छ

जय नेपाल दाइ ,
संबिधानको कार्यान्वयन र जनताको अधिकार रक्षार्थ ,
मुलुकमा दुबै पटक तिनै तहको निर्वाचन सम्पन्न गरायौ ।
यसर्थ,
तिमि कमजोर नबन , पछि नहट ।
नसुत,
धेरै नसुत हरदम चनाखो बन ।
तिमी नसुत,
तिमी सुत्यौ भने
मानव अधिकारको दीयो निभाउने आँधी चल्नेछ ।
मानिसको स्वतन्त्रता सत्ताको कैदमा हुनेछ ।
नसुत, धेरै नसुत हरदम चनाखो बन ।
तिमी सुत्यौ भने यो देश सुत्नेछ , मुलुक बर्बाद हुने छ ।

लेखक – किरण गिरी नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।

Published : Sunday, 2023 January 8, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया