जर्मनीद्वारा चीनमा नजान चेतावनी
बर्लिन । जर्मनीले चीनमा अत्यावश्यक बाहेकका यात्रालाई निरुत्साहित गरेको छ ।
‘हामी अहिले चीनमा गैरआवश्यक यात्राहरू निरुत्साहित गर्दछौं’, जर्मनीले भनेको छ ।
‘यसको कारण कोभिड संक्रमणको चरम उत्कर्ष र अस्तव्यस्त स्वास्थ्य प्रणाली हो’, जर्मनीको विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ ।
कोभिडको संक्रमण दर बढेको हल्लासँगै एक दर्जनभन्दा बढी देशले चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन् ।
युरोपेली संघका विज्ञहरूले यसै हप्ता समूहका २७ सदस्य राष्ट्रहरूलाई चीनबाट आउने उडानमा रहेका व्यक्तिहरूबाट कोभिड परीक्षणको माग गर्न र आगमनमा छड्के परीक्षण गर्न सुझाब दिएका छन् ।
जर्मनी, फ्रान्स, जर्मनी, इटाली, स्पेनलगायत युरोपेली संघका अन्य धेरै राष्ट्रले एशियाली मुलुकबाट आउने यात्रुको कोभिड परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन् ।
गैरयुरोपेली देशहरूमध्ये संयुक्त राज्य अमेरिका र जापानले पनि यस्तै उपायहरू अवलम्बन गरेका छन् ।
चिनियाँ अधिकारीहरूले हालैका दिनहरूमा बेइजिङ र तियानजिनलगायत शहरहरूमा संक्रमणको पहिलो लहर चरम बिन्दुमा पुगेको बताएका छन् ।
जाडोमा र चिनियाँ नयाँ वर्षको सुरूमा शहरका कामदारहरू आफ्नो ग्रामीण गृहनगर फर्कने क्रममा आगामी हप्ताहरूमा अत्यधिक प्रकोपको चेतावनी चिनियाँ अधिकारीहरूले दिएका छन् । एजेन्सी
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया