गगन थापाले कांग्रेसको बदनाम गर्न खोज्ने मण्डलेहरूको औकात खोलिदिए
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने खबर भ्रमपूर्ण भएको बताएका छन् ।
शनिबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पु¥याउन खोजेको बताएका हुन् ।
थापाले विभिन्न दलका नेताहरूलाई सभापति शेरबहादुर देउवाले भेटेको बताए । ती भेटहरू सामान्य मात्र भएको महामन्त्री थापाले बताएका छन् ।
देउवाले जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) , राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए ।
सभापति देउवाले कसैलाई पनि प्रधानमन्त्री पदमा अफर नगरेको महामन्त्री थापाले बताएका छन् । उनले कांग्रेसलाई देखाएर सत्ताका लागि बार्गेनिङ गर्ने मण्डलेहरूको औकात खोलिदिएका छन् ।
महामन्त्री थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने कुरा निराधार भएको बताएका छन् ।
‘अरू दलहरूका नेताहरू सभापतिसँग भेट्न उहाँहरू नै समय मागेर आउनुभएको हो’, थापाले भने, ‘शीर्ष नेताहरूको बीचमा सामान्य छलफल हो, कांग्रेसले अरू पार्टीलाई प्रधानमन्त्रीको अफर गर्नेकुरा अफवाह हो, निराधार हो, कानूनले नै मिल्दैन ।’
राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालसँग उप–प्रधानमन्त्री र दुई मन्त्रालय तथा बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न कांग्रेसले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको भ्रामक समाचारहरू फैलाएका थिए ।
राप्रपाका अध्यक्ष लिङ्देनले उप–प्रधानमन्त्री, उर्जा र पर्यटन मन्त्रालय तथा उप–सभामुख पद मागेको छ । प्रधानमन्त्री दाहालले राप्रपालाई ती मन्त्रालय दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि विश्वासको मत दिन नसकिने बताएका छन् ।
प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिन लागेका छन् । कांग्रेसले कम्युनिस्ट नेतृत्वको पुतली सरकारलाई विश्वासको मत नदिने जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया