प्रहरीका भगौडाको महिलाहरूसँग के छ सम्बन्ध ?
काठमाडौं । प्रहरीले महिलासँग ब्ल्याकमेल गरेको आरोप लागेका सशस्त्र प्रहरी बल, नेपालका भगौडा पदमराज भट्टलाई पक्राउ गरेको छ ।
भट्टलाई प्रहरीको टोलीले धनगढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन् ।
विभिन्न ठगी र अपराधमा संलग्न उनी यसअघि कारागार बसिसकेका व्यक्ति हुन् ।
उनी पाँच वर्षदेखि सुदूरपश्चिममा बसेर संगठित रुपमा विभिन्न अपराध गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता जोशीले बताएका छन् ।
भट्टले विशेष गरी महिलाहरूसँग नजिक भएर संगठित रुपमा ठगी गर्दै आएको प्रवक्ता जोशीले बताए ।
समय परिवेशअनुसार नटवरलाल आफ्नो व्यक्तित्व परिवर्तन गर्न माहिर रहेको प्रहरीको भनाइ छ ।
ठगीका अनेक उपायमा उनी पोख्त छन् । उनी विशेष गरी महिलाहरूलाई ठग्न संगठित रुपमा लागेका छन् ।
भट्टले अहिलेसम्म डोटी, कैलाली र कञ्चनपुरमा गरी दर्जनौँ महिलाहरूलाई ठगी गरिसकेका छन् ।
महिलाहरूलाई आर्थिक प्रलोभवनमा पारेर भट्टले संगठित रुपमा ठगी धन्दा चलाइरहेका प्रहरीले बताएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया