कम्युनिस्ट सरकारले अर्थ मन्त्रालयका दुई सचिव फालेर नयाँ भित्र्यायो

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कम्युनिस्ट सरकारले अर्थ मन्त्रालयका दुई जना सचिवलाई हटाएर नयाँलाई ल्याएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा तोयम राय र राजस्व सचिवमा डा.रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।

एमालेका अर्थमन्त्री विष्णु पौडेलले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएका सचिवहरूलाई फालेर आफ्नो समर्थनमा काम गर्ने सचिव खोजेर ल्याएका छन् ।

तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवबाट अर्थ मन्त्रालयमा ल्याइएको छ । राजस्व सचिवमा ल्याइएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र राजस्व सचिव रामेश्वर दंगाललाई हटाइएको छ । राय यसअघि भन्सार विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरिसकेका छन् ।

Published : Thursday, 2023 January 5, 1:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया