प्रचण्डको अनुहार मलिन, साथीको कुरा सुनेपछि तनाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत) समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार सिंहदरबारमा भएको भेटवार्तामा दाहालले नेपाललाई विश्वासको मत दिन आग्रह गरेका छन् । दाहाललाई अध्यक्ष नेपालले स्पष्ट केही जवाफ दिएका छैनन् ।

प्रधानमन्त्री दाहालको आग्रहलाई पार्टीमा छलफल गरेर उपयुक्त समयमा जवाफ दिने बताएको बुझिएको छ ।

दाहालले धोका दिएर एमालेसँग मिलेर सरकार बनाउन गएको भन्दै अध्यक्ष नेपाल रिसाएका छन् । दाहालका कारण एकीकृत समाजवादीलाई तनाव भएको छ ।

एमाले–माओवादीको सरकारमा सहभागिताबारे एकीकृत समाजवादीले कुनै निर्णय गरेको छैन ।

अध्यक्ष नेपालसँगको भेटवार्तापछि प्रधानमन्त्री दाहाल मलिन अनुहार लिएर बाहिरिएका छन् ।

Published : Wednesday, 2023 January 4, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया