बालेनले केही दिनलाई काठमाडौं छाडे, कहाँ गए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ इन्डोनेसिया प्रस्थान गरेका छन् ।

मंगलबार राति मेयर शाह निजी भ्रमणको लागि इन्डोनेसिया गएका हुन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भुपदेव शाहले मंगलबार राति मेयर शाह आफ्नो परिवार, सचिवालय सदस्यको परिवार र केही साथीहरूसहित इन्डोनेसिया प्रस्थान गरेको बताए ।

काठमाडौं महानगरका मेयर शाह पुस २५ गते नेपाल फर्किनेछन् । इण्डोनेसियाको भ्रमण मेयर शाहको निजी रहेको जनाइएको छ ।

काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि शाह पहिलो विदेश भ्रमणमा गएका छन् । शाहले उप–मेयर सुनिता डंगोललाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका छन् ।

Published : Wednesday, 2023 January 4, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया