सह–सचिव पाण्डेको सचिवमा बढुवा

काठमाडौं । संसद सचिवालयले सह–सचिव रोजनाथ पाण्डेलाई सचिवमा बढुवा गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले सह–सचिव पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको बताए ।

ध्रुव घिमिरेले राजीनामा दिएपछि संसद सचिवालयमा एउटा सचिव रिक्त थियो ।

पाण्डेले बिहीबार सचिवको जिम्मेवारी सम्हाल्नेछन् । पाण्डे संसद सचिवालयको प्रवक्ता समेत थिए ।

Published : Wednesday, 2023 January 4, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया