सरकारमा सहभागी हुन प्रचण्डसँग जसपाको पूर्वसर्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल(जसपा)ले सरकारमा सहभागी हुन पूर्वसर्त अगाडि सारेको छ ।

मंगलबार ललितपुरमा बसेको जसपाको राजनीतिक समितिको बैठकले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको हो ।

जसपाका धेरै नेताहरूले सरकारमा जानुपर्ने धारणा राखेको एक नेताले बताएका छन् ।

जसपाले सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डा समावेश हुनुपर्ने माग गरेको छ ।

जसपाले माग र पूर्वसर्तहरू पूरा नभएमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय गरेको छ ।

जसपाले विभिन्न दलहरूसँग एकताका लागि सम्वाद गर्न वार्ता समिति बनाएको छ ।

समितिको संयोजकको जिम्मा राजेन्द्र श्रेष्ठलाई दिइएको छ । समितिको नेताद्वय रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेका छन् ।

अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरूबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति जसपाले बनाएको छ ।

विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति गठन भएको प्रवक्ता मनीष सुमनले बताएका छन् ।

Published : Tuesday, 2023 January 3, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया