रवि लामिछाने आएको ५औं दिनपछि राहदानी वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं । उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अनुगमन गरेको ५ दिनपछि राहदानी वितरणको कार्य अनिश्चितकालका लागि बन्द भएको छ ।

विभागको सिस्टममा समस्या आएकाले आवेदनको अवस्था हेर्ने र राहदानी वितरण कार्य अवरुद्ध भएको विभागकी निर्देशक एवम् प्रवक्ता दुरपदा सापकोटाले जारी गरेको सूचनामा उल्लेख छ ।

पुस १७ गतेदेखि विभागको सिस्टममा समस्या आएको मंगलबार जारी सूचनामा उल्लेख छ ।

सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने विभागको सूचनामा उल्लेख छ ।

विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन सेवाग्राहीलाई आग्रह गरेको छ ।

राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीलाई भने तोकिएकै मितिमा बायोमेट्रिकका लागि उपस्थित हुन सूचनामा आग्रह गरिएको छ ।

केही दिन अगाडि सस्तो लोकप्रियताका लागि गृहमन्त्री लामिछाने राहदानी विभागको कार्यालयमा पुगेर विभिन्न निर्देशन दिएका थिए ।

राहदानी वितरणको कार्य परराष्ट्र मन्त्रालय हेर्छ । गृहमन्त्री लामिछाने आफ्नोभन्दा अर्को मन्त्रालय अर्थात क्षेत्राधिकारभन्दा बाहिर गएर उत्पात मच्चाएको भनेर आरोप लागेको थियो ।

Published : Tuesday, 2023 January 3, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया