किसान सहकारीबाट झण्डै ६ लाख चोरी

काठमाडौं । नवलपर जिल्लाको एउटा सहकारीबाट झण्डै ६ लाख रुपियाँ चोरी भएको छ ।

गैडाकोट नगरपालिका–१० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी सस्थाबाट नगद ५ लाख ९१ हजार रुपियाँ सोमबार राति चोरी भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सहकारीको सटर फोडी अफिस कोठामा रहेको सेफबाट नगद चोरी भएको थियो ।

अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ ।

Published : Tuesday, 2023 January 3, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया