माओवादीको दलको नेतामा महरा सर्वसम्मत चयन

मसुरिया । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेता पदमा जोखबहादुर महरालाई चयन गरेको छ ।

स्थायी समितिका सदस्यसमेत रहेका महरालाई माओवादीले सर्वसम्मत दलको नेतामा चयन गरेको हो । महरा रोल्पा १ (१)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

महरा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व स्वकीय सचिव थिए । दाहालले छोरी गंगा दाहाललाई स्वकीय सचिव राखेपछि महरालाई चुनावमा प्रतिस्पर्धा गर्न रोल्पा पठाएका थिए ।

लुम्बिनी प्रदेश सभामा माओवादीका ९ जना सांसद छन् ।

Published : Monday, 2023 January 2, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया