कांग्रेस केन्द्रीय सदस्य बस्नेतलाई मातृ शोक, देउवाद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य अम्बिका बस्नेतकी आमाको निधन भएको छ ।
९८ वर्षीया कपिलकुमारी बस्नेतको आइतबार दिउँसो १ बजे काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्व.कपिलकुमारी बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
उनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य अम्बिका बस्नेत लगायत शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया