गृहमन्त्री लामिछानले दिए कान्छी पत्नीलाई शुभकामना

काठमाडौं । उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नी कान्छी पत्नी निकिता पौडेलको एकाबिहानै निकै प्रशंसा गरेका छन् ।

लामिछानेले शनिबार बिहान सामाजिक सञ्जालमा पत्नीको फोटो राखेर प्रशंसा गरेका हुन् । निकिताको शनिबार जन्मदिन परेको छ । सोही जन्मदिनको अवसरमा लामिछानेले विभिन्न बुट्टा भरेर लेखेका हुन् ।

गृहमन्त्री लामिछानले पत्नीलाई भनेका छन्, ‘मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले आफ्ना कयौं सपना कतै लुकाएकी छौं ।’

‘आफ्नो परिवारको त्यति ठूलो ब्यापारिक विरासत, विश्व विख्यात युनिभर्सिटीको उच्च शैक्षिक योग्यता, उच्च अहोदाको सरकारी सेवा अनुभव, १५ वर्षदेखि एक प्रख्यात संचारमाध्यमको संचालन जस्ता कयौं योग्यता र क्षमता आफैसँग हुँदाहुँदै पनि मेरै सफलतालाई तिमीले आफ्नो लक्ष्य बनायौं ।’

‘आज तिम्रो जन्म–दिनको अवसरमा म तिम्रो सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दछु’, लामिछानेले भनेका छन्, ‘प्रिय निकिता पौडेल लामिछाने, सबै देवी देवताले तिम्रो रक्षा गरून् ।’

२४सैँ घण्टासँगै रहेकी पत्नी निकितालाई गृहमन्त्री लामिछानेले निकै टाढा भए जसरी फेसबुकमा स्टाटस लेखेर पत्नीभक्त देखाएका छन् ।

निकिता गृहमन्त्री लामिछानेकी कान्छी पत्नी हुन् । जेठी पत्नीसँग सम्बन्ध बिच्छेद गरेपछि निकितासँग विवाह गरेका हुन् ।
जेठी पत्नी अमेरिकामा छिन् । जेठी पत्नीसँग रविका दुई वटा बच्चा छन् ।

लामिछानेलाई अमेरिकिन नागरिक भएको आरोप छ । उनीविरुद्ध नागरिकता र राहदानी कीर्ते काण्डमा अनुसन्धान चलिरहेको छ ।

सर्वोच्च अदालतमा लामिछानेविरुद्ध मुद्धा पनि चलिरहेको छ ।

Published : Saturday, 2022 December 31, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया