हरुवा दुई ठूला नेताबीच भेट, पार्टी एकताबारे कुराकानी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

शुक्रबार बिहान काठमाडौंको डल्लुमा खनाल र यादवबीच भेटवार्ता भएको हो । खनाल र यादव दुबै प्रतिनिधि सभामा पराजित भएका नेता हुन् ।

पराजित भएर भूमिका बिहीन बनेका खनाल र यादवले भेट गरेर पार्टी एकताको विषयमा छलफल गरेको बुझिएको छ ।

समाजवादी एकता र वाम ध्रुवीकरणका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

जसपाका अध्यक्ष यादव पराजित भएपछि के गुरुँ ? कसो गरुँ भनेर छटपटाहट भएको छ ।

एकीकृत समाजवादीका नेता खनाल पनि पराजित भएपछि तनाबमा छन् ।

Published : Friday, 2022 December 30, 6:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया