राप्रपाले ज्ञानबहादुर शाहीको कुरा मानेन, ठूला नेताहरू औकात देखाए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपा सहभागी हुने निर्णय गरेको हो । सरकार गठनका लागि राप्रपाले समर्थन गरेको छ ।

काठमाडौंमा बुधबार बसेको बैठकले सरकारमा जाने निर्णय गरेको राप्रपाले जनाएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारमा जाने र नजाने विषयमा मत विभाजित भएको थियो ।

सरकारले तय गर्ने न्यूनतम साझा कार्यक्रममा माग पूरा हुने अवस्थामा राप्रपा सरकारमा सहभागी हुन्छ ।

सरकारमा सहभागी हुँदा पार्टी अध्यक्ष लिङ्देनकै नेतृत्वमा जाने सम्भावना छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिएर राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने, नीतिगत भ्रष्टाचार रोक्न मन्त्रिपरिषदले गर्ने विवादित निर्णयहरू अख्तियारबाट छानबिनको दायरामा ल्याउनुपर्ने सर्त राखिएको बताए ।

नेपालमा कृषि मल काराखाना खोल्नुपर्ने, जनसुकै अस्पतालमा स्वास्थ्य बीमाको सुविधा हुनुपर्नेलगायत राप्रपाको सर्त छ ।

सर्त पूरा भए संघीय र प्रदेश दुवै सरकारमा सहभागी हुने, केन्द्रमा कम्तीमा तीनदेखि चार मन्त्रालय लिने प्रवक्ता श्रेष्ठले बताएका छन् ।

राप्रपा बागमती प्रदेशमा निर्णायक अवस्थामा रहेकाले मुख्यमन्त्रीको दाबी गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।

राप्रपाको माग र सरकारमा सहभागिताका बारेमा प्रधानमन्त्री दाहालसँग वार्ता गर्ने अधिकार अध्यक्ष लिङ्देनले पाएका छन् ।
राप्रपाका प्रत्यक्षमा ७ र समानुपातिकमा ४ गरेर १४ सांसद छन् ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता मोहन श्रेष्ठ, सांसद ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’लगायतका नेताहरू कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा थिए ।

वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, सांसदहरू दीपक बोहरा, धवलशमशेर राणा, विक्रम पाण्डेलगायत सांसदसहित बहुमत सदस्यले सरकारमा सहभागी हुनुपर्ने मत राखेका थिए ।

Published : Thursday, 2022 December 29, 3:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया