कांग्रेस नेता विनोद चौधरीद्वारा मायाखोला जलविद्युतको उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विनोद चौधरीले संखुवासभामा निर्माण सम्पन्न भएको १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।

बुधबार सांसद चौधरीले जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरेका हुन् ।

कांग्रेस नेता चौधरीले नेपाल जलविद्युतमा धनी रहेको बताएका छन् । उनल् जलविद्युतको सही सदुपयोग गरी नेपाली जनताले लाभ लिन सक्नुपर्ने बताएका छन् ।

जलविद्युत् क्षेत्रमा अत्यन्तै सम्भावना बोकेको जिल्ला भएकाले संखुवासभाले जलविद्युतबाट आर्थिक समृद्धि हासिल गर्न सक्ने उनले बताएका छन् ।

संखुवासभाको धर्मदेवी नगरपालिका– ३, ४ र ५ मा आयोजना रहेको छ । आयोजनाको लागत दुई अर्ब ५० करोड रुपियाँ रहेको छ ।

विद्युत् विकास कम्पनी पशुपति इनर्जी डेभलपमेन्ट प्रालिको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत मायाखोला कम्पनी लिमिटेड र स्थानीयको सेयरमा आयोजना निर्माण भएको छ ।

हालसम्म संखुवासभाका विभिन्न खोलाबाट करिब २२ मेगावाट विद्युत् उत्पादन भइसकेको छ ।

कार्यक्रममा नेपाल कांग्रेस संखुवासभाका सभापति एवम् प्रतिनिधि सभाका सांसद दीपक खड्कालगायतका नेताको पनि उपस्थिति रहेको थियो ।

Published : Thursday, 2022 December 29, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया