रेल चढ्ने क्रममा लडेर मृत्यु

काठमाडौं । धनुषामा हिँहिरहेको रेल चढ्ने क्रममा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ ।

विदेह नगरपालिका–७ बैदेही स्टेशनमा जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेल गुडी रहेको अवस्थामा चढ्ने क्रममा चिप्लिएर लड्दा नगराईन नगरपालिका–२ राघोपुर बस्ने ३५ वर्षीय पुरन सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2022 December 29, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया