रौतहटका प्रहरी प्रमुख मगरद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख (एसपी) वीरबहादुर बुढा मगरले असईबाट सई पदमा बढुवा भएका अमिरा साहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मंगलबार गौरमा आयोजित समारोहबीच एसपी मगरले सई साहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत ६ गतेको पत्र अनुसार साह असईबाट सई पदमा बढुवा भएका हुन् ।

एसपी मगरले बढुवा भएका तथा उपस्थित प्रहरी कर्मचारीहरूलाई व्यवसायिक जीवनको सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।

Published : Tuesday, 2022 December 27, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया