सवारी चालकप्रति ट्राफिकको दादागिरी, कसले दियो १५ सय लिने अधिकार ?

काठमाडौं । ट्राफिक प्रहरीले आफू खुसी जरिवाना बढाएको भनेर गुनासो बढेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक नियम उल्लंघन गरेकोमा ट्राफिक प्रहरीले पहिलो पटक रू. ५०० जरिवाना काट्नुपर्ने व्यवस्था छ ।

दोस्रो पटकमा रू. १००० र तेस्रो पटकमा मात्रै रू. १५०० जरिवाना गर्न पाउने व्यवस्था छ ।

ट्राफिक प्रहरीले अनुशासन कायम गर्ने नाममा एकै पटक १५ सय रुपियाँ जरिवाना लिने व्यवस्था गरेपछि विरोध भएको छ ।

एकै पटक रू १५०० जरिवाना गर्ने अधिकार कहाँबाट आयो ? भनेर उपभोक्ताहरूले सामाजिक सञ्जालमा प्रहरी र सरकारलाई प्रश्न गरेका छन् ।

उप–प्रधानमन्त्री र गृहमन्त्री रवि लामिछाने छन् । लामिछानेले पद सम्हालेकै बेला ट्राफिक प्रहरीले कानूनमा व्यवस्था भएभन्दा फरक तरिकाले एकै पटक १५ सय रुपियाँ जरिवाना लिने व्यवस्था गरेर सबैलाई चकित बनाएको छ ।

Published : Tuesday, 2022 December 27, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया