सेनाका उच्च अधिकृतहरूको बढुवा, दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले विभिन्न दर्जामा बढुवा भएका उच्च अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सोमबार सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा सेनापति शर्माले उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्णप्रसाद सापकोटालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सुशीलकुमार भण्डारीलाई पनि प्रधान सेनापति शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषदको पुस ०३ गतेको निर्णयानुसार उनीहरूको बढुवा भएको थियो ।
यसअघि मन्त्रिपरिषदको मंसिर २३ गतेको निर्णयानुसार सैनिक सेवा नियमावली २०६९ को नियम ४३ को उपनियम (१) बमोजिम अवकाश हुनु पूर्व एक महिना अगाडि प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी दीपकप्रसाद बास्तोलालाई प्रधान सेनापति महारथी शर्माले पुस ३ गते जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
सोही अवसरमा प्रधान सेनापति महारथी शर्माले महासेनानी दर्जामा पदोन्नति भएका २ जना प्रमुख सेनानीहरूलाई महासेनानीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया