रवि लामिछानेले मागे उप–प्रधानसहित यी पदहरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उप–प्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय माग गरेका छन् ।

स्रोतका अनुसार लामिछानेले गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेका हुन् । सभापति लामिछानेले श्रम मन्त्रालयसहित बाँकी दुई मन्त्रालय पनि माग गरेका छन् ।

उनले उप–सभामुखमा पनि दाबी गरेको एक नेताले बताएका छन् । सभामुख एमालेले लिने भएको छ । राष्ट्रपति पनि एमालेले लिनेछ ।

रवि लामिछानेको २० सिट रहेको छ । आफ्नो औकातभन्दाधेरै माग गरेको भन्दै माओवादीले आक्रोश पोखेको छ ।

Published : Monday, 2022 December 26, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया