१५ घण्टाभित्रै प्रचण्डलाई झट्का, २ पार्टी सरकारमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

काठमाडौंमा सोमबार बसेको माओवादी केन्द्रको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राप्रपा सरकारमा सहभागी नहुने जानकारी गराएका छन् । राप्रपा बाहिर बसेर सरकारलाई समर्थन गर्ने प्रचण्डले बैठकमा जानकारी गराएका हुन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्रै राप्रपाले समथर्न गरेको छ ।

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने तर, सरकारमा सहभागी नहुने प्रचण्डले बैठकलाई जानकारी गराएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले भने रेशम चौधरी जेलमुक्त भएपछि मात्रै सरकारमा जाने सहमति भएको प्रचण्डको भनाई छ ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको १५ घण्टा नहुँदै दुई वटा पार्टी सरकारमा सहभागी नहुने तर, समथर्न मात्रै गर्ने जनाएर झट्का दिएका छन् ।

Published : Monday, 2022 December 26, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया