भारतले पनि दियो प्रचण्डलाई बधाइ

काठमाडौं । भारतले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ दिएको छ ।

आइतबार राति ट्वीटमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दाहाललाई बधाइ दिएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपतिबाट प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले केही घण्टामै दाहाललाई बधाइ दिएका छन् ।

मोदीले दाहाललाई मेनसन गर्दै लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ । भारत र नेपालबीचको विशेष सम्बन्ध, गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनता बीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।’

भारतीय प्रधानमन्त्री मोदीले दाहाललाई नेपाली भाषामा बधाइ दिएका छन् ।

Published : Sunday, 2022 December 25, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया