चीनले हतार-हतारमा दियो प्रचण्डलाई बधाइ, बेइजिङमा भव्य खुसीयाली

काठमाडौं । चीनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ दिएको छ ।

आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त मात्रै भएका दाहाललाई चीनले हतार हतारमा बधाइ दिएको छ ।

दाहालले सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । शपथ नहुँदै चीनले बधाइ दिएर सबैलाई चकित तुल्याइदिएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले आइतबार राति ट्वीटरमार्फत दाहाललाई बधाइ दिएको हो ।

दूतावासले भनेको छ, ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४औं प्रधानमन्त्रीमा निर्वाचन हुनु भएकोमा हार्दिक बधाइ ।’

नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनावमा भाग लिएको माओवादी केन्द्रले आइतबार एमाले, राप्रपासहितका दल र स्वतन्त्र सांसदहरूको समर्थनमा सरकार बनाउन लागेको छ ।

कांग्रेस नेतृत्वको गठबन्धनप्रति चीनलाई मन परेको थिएन । नेपालका कम्युनिस्टहरू सबै मिलेको चीनले हेर्न चाहेको थियो । चीनले सोँचेअनुसार दुई ठूला कम्युनिस्ट पार्टीले सरकार बनाउन लागेका छन् । नेपालमा कम्युनिस्ट सरकार बन्न लागेकोमा बेइजिङ खुसी भएको छ ।

चीनको दवाव र सुझावमा एमालेका महासचिव शंकर पोखरेल, माओवादीका नेता वर्षमान पुन, देवप्रसाद गुरुङसहितका नेताहरूले कांग्रेससँगको गठबन्धन टुटाउन सफल भएको चर्चा हुन थालेको छ ।

Published : Sunday, 2022 December 25, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया