रश्मिलाज फेसियल हाउसले मनायो १५औँ वार्षिकोत्सव, आश्रमका वृद्धवृद्धालाई भोजन

काठमाडौं । रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले आफ्नो १५औँ वार्षिकोत्सव विधि कार्यक्रम गरेर मनाएको छ ।

आइतबार रश्मिलाजले भक्तपुरको कौशलटारमा रहेको ‘मानव सेवा आश्रम’मा ४३ जना वृद्धवृद्धालाई भोजन गराएको छ । आश्रमलाई रश्मिलाजले खाद्यान्न पनि प्रदान गरेको छ ।

रश्मिलाज १५ वर्ष अगाडि पुस १० गतेका दिन स्थापना भएको हो । स्थापनाकालदेखि रश्मिलाजले सौन्दर्यको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा दिँदै आएको छ ।

रश्लिाजकी अध्यक्ष समेत रहेकी वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठले सबैको सहयोग र सद्भावका कारण पहिलो स्थानमा रहेर सौन्दर्यको क्षेत्रमा गुणस्तरीय सेवा दिन सकेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘विभिन्न बाधा र अड्चनलाई छिचोल्दै हामीले १५औँ वार्षिकोत्सव मनाइरहेका छौँ । चुनौतिका वर्षहरू पारेर गरेर नयाँ गन्तव्यमा प्रवेश गरेका छौँ ।’

उनले आगामी दिनमा आफूहरूको सेवालाई झन् गुणस्तरीय र सेवामुलक बनाउने जनाएकी छिन् ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले काठमाडौं मल सुन्धारा, बिजी मल गंगबु र बुद्ध मल माछापोखरीबाट सेवा प्रदान गर्दै आएको छ ।

रश्मिलाजका संरक्षक एवम् निर्माण व्यवसायी प्रकाशकुमार श्रेष्ठले रश्मिलाज फेसियल हाउसको समाजप्रति केही दायित्व रहेको बताएका छन् । उनले भने, ‘हाम्रो पनि समाजप्रति केही दायित्व छ । कमाइको सानो अंश भए पनि समाजसेवामा लगाउनुपर्छ ।’

रश्मिलाज फेसियल हाउसमा ६० जनालाई प्रत्यक्ष रोजगारी पाएका छन् । रोजगारीमा रहेका कर्मचारीहरूको सेवासुविधामा ध्यान दिएमा मात्रै ग्राहकले राम्रो सेवा पाउन सक्ने अध्यक्ष एवम् वरिष्ठ सौन्दर्यविद् श्रेष्ठले बताएकी छिन् ।

उनले सबै कर्मचारी र आफ्ना ग्राहकप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा लिएको बताएकी छिन् ।

रश्मिलाज फेसियल हाउस महिला तथा पुरुषहरूका लागि खोलिए हो । गुणस्तरलाई नै पहिलो प्राथमिकता दिँदै आएको श्रेष्ठले बताएकी छिन् ।

फेसियल, हाइड्रा फेसियल, केराटिन, स्मुथिंग, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ, पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरू रश्मिलाज फेसियल हाउसले प्रदान गर्दै आएको छ ।

रश्मिलाज फेसियल हाउसले समाजका कलाकार, समाजसेवी लगायतलाई बेलाबेला सम्मान गर्दै आएको छ ।

Published : Sunday, 2022 December 25, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया