कम्युनिस्टहरूको सरकारबारे कुन्दनराज काफ्लेले दिए गजबको मनछुने प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रदेश सभाका नवनिर्वाचित सांसद कुन्दनराज काफ्लेले सत्ता नपाउँदैमा आत्तिने कार्य गर्न नहुने बताएका छन् ।

आइतबार साँझ काफ्लेले सामाजिक सञ्जालमार्फत कांग्रेसलाई मजबुत बनाउने समय मिलेको टिप्पणी गरेका छन् ।

‘आत्तिने र मात्तिने दुबै हानिकारक हुन्’, उनले भनेका छन्, ‘नआत्तिउ, हामीलाई कांग्रेस मजबुत बनाउने समय मिलेको छ !’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर एमालेसँग मिल्न गएपछिको राजनीतिक घटना क्रमलाई सहज रुपमा लिन अनुरोध गरेका छन् । प्रचण्डले कम्युनिस्टलाई काखी च्यापेर कम्युनिस्टहरूको सरकार बनाएपछि त्यसबारे विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् ।

केन्द्रीय सदस्य काफ्लेले सत्ता नपाउँदैमा आत्तिने र पाउँदा मात्तिने कार्य कांग्रेसका नेता कार्यकर्ताका लागि हानिकारक हुने बताएका छन् ।

उनले कांग्रेसलाई मजबुत बनाएर एकल बहुमतका लागि प्रयास गर्नुपर्ने उल्लेख गरेका छन् ।

Published : Sunday, 2022 December 25, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया