गठबन्धन टुटेकोमा गगन थापाको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन टुटेकोमा खुसी व्यक्त गरेका छन् ।

आतबार पोखरामा साहित्य महोत्सवमा बोल्ने क्रममा थापाले सत्ता गठबन्धन टुटेको खबरले आफूलाई आनन्द आएको प्रक्रिया दिएका हुन् ।

संसदीय दलको चुनावमा हारे पनि आज सत्ता गठबन्धन टुटेको समाचार चित्त बुझेको उनको भनाइ छ ।

‘मैले संसदीय दलको चुनाव हारे पनि आजको समाचारले चित्त बुझेको छ’, उनले भनेका छन् ।

कांग्रेसका महामन्त्री थापाले सत्ता गठबन्धन टुटेसँगै अब खुमलटार र बालकोटको दौड पनि गर्नुनपर्ने बताएका छन् ।

‘म यता आएको थिएँ, उता धेरै थोक भएछ’, थापाले भनेका छन्, ‘म दलको नेता भएको भए खुमलटारबाट बालकोटको दौडधूपबीच आउलान्/नआउलान् भनेर आत्तिनुपर्थ्यो, अब त ढुक्क भयो ।’

उनले भने, ‘अब चित्त बुझाउने हो । चित्त बुझाउने यो तरिका पनि अपनाउनुपर्छ काठमाडौंका मान्छेले ।’

एमालेको समर्थनमा माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गरेको छ । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसहितका नेताहरूलाई लगेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाडेपछि बालुवाटारबाट बालकोट पुगेका दाहाललाई एमालेसहित सात दल र स्वतन्त्रका ३ सांसदको पनि समर्थन मिलेको छ ।

Published : Sunday, 2022 December 25, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया