अब के गर्छन् माधव नेपाल ? यस्तो आयो प्रतिक्रिया

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल गरेको छ ।

काठमाडौंमा आइतबार बसेको आकस्मिक सचिवालय बैठकले देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्ण गरेको महासचिव बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘बैकमा अकस्मात विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भयो र परिस्थितिको सुक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ ।

नेकपा (एकीकृत समाजवादी)का सांसद किसान श्रेष्ठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शीतल निवास पुगेका छन् ।

एकीकृत समाजवादीका सांसदहरूलाई पार्टीका ह्वीप लाग्दैन । नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल हुन नसकेका कारण माधव नेपाललाई आफ्ना सांसद बचाउन गाह्रो भएको छ ।

Published : Sunday, 2022 December 25, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया