अत्याधिक धेरै सांसदको समर्थन लिएर प्रचण्ड शीतल निवास छिरे

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी पेश गरेका छन् ।

आतइबार ५ बजेभन्दा अगाडि नै शीतलनिवास पुगेर दाहालले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् । दाहालले एमालेसहितका ७ दलको समर्थन जुटाएको जनाएका छन् ।

दाहालसँग एमालेसहित दलका नेताहरू पनि शीतल निवास पुगेका छन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको निवास बालकोटमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी (जपा)ले दाहाललाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेका थिए ।

सात दलबाट गरी प्रतिनिधि सभामा १६६ जना सांसद छन् । सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ ।

प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दलहरूलाई दिएको एक साताको समय आज आइतबार ५ बजे सकिँदैछ ।

समय सकिनुभन्दा अगाडि नै माओवादीका अध्यक्ष दाहालले सरकार बनाउने दाबी गरेका छन् ।

नेपाली कांग्रेस ८९ सिट संख्या हुँदा हुँदै सरकार बनाउन असफल बनेको छ । कांग्रेसले सबै गुमाएको छ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षमा बस्न पुगेको छ ।

Published : Sunday, 2022 December 25, 5:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया