वीस वर्षीया अमिनाको मृत्यु
काठमाडौं । रुपन्देहीमा २० वर्षीया अमिना खातुनको मृत्यु भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–६ रमवापुर बस्ने खातुन आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–२ जमुनी टोल बस्ने ४७ वर्षीय प्रेम यादव आफ्नै गोठमा शुक्रबार मृत फेला परेका छन् ।
सल्यानको बनगार कुपिण्डे नगरपालिका–२ कालिभिरस्थित भेरी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको धरान उप–महानगरपालिका–१० सैनिक चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको विर्तामोड नगरपालिका–५ स्थित गाउँले होटलको कोठा नम्बर ७०६ मा सोही होटलमा काम गर्ने ईलाम माई जोगमाई गाउँपालिका–८ घर भएकी ४३ वर्षीया मनीषाहस्दा विक शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
झापाकै अर्जुनधारा नगरपालिका–२ गाजाबारी बस्ने ५३ वर्षीय डम्बर दर्जी सोही ठाउँस्थित ग्वाली घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेतको लेकबेशी नगरपालिका–८ बस्ने ५३ वर्षीया मनिसरा बिरकट्टा सोही नगरपालिका–९ स्थित खेत नजिकै शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया