रामहरिले दिए देउवालाई बधाइ, पौडेल-खड्का-राणा उपस्थित
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित सांसद रामहरि खतिवडाले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।
बुधबार बालुवाटारमा सभापति देउवालाई भेटेर खतिवडाले संसदीय दलको नेता पदमा अत्याधिक मतका साथ निर्वाचित भएकोमा बधाइ दिएका हुन् ।
सभापति देउवा दलको नेतामा झण्डै दुईतिहाई बहुमतका साथ निर्वाचित भएका छन् ।
खतिवडाले सभापति देउवालाई बधाइ दिने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, उप–सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य आरजु राणाको उपस्थिति रहेको थियो ।
सभापति देउवासँग महामन्त्री गगन थापा संसदीय दलको नेता पदमा पराजित भएका छन् । थापाले जम्मा २५ मत पाएका थिए । देउवाले ६४ मत पाएका थिए ।
कांग्रेसका समानुपातिक र प्रत्यक्षमा गरेर ८९ मत रहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया