एक करोड ३९ लाखको सामानसहित ट्रक बारामा पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले बारामा एक करोडभन्दा धेरै मूल्य बराबरको समान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।
आइतबार राति सशस्त्र प्रहरीले जितपुर सिमरा उप–महानगरपालिका– १ स्थित पथलैयाबाट ना ४ ख ८३३४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
सशस्त्र प्रहरी बल नेपाल विओपी वीरगंजले वीरगंजबाट पथलैयातर्फ आउँदै गरेको ट्रकलाई नियन्त्रणमा लिँदा १ करोड ३९ लाख १४ हजार ४ सय १३ रुपियाँ बराबरको सामान बरामद भएको छ ।
ट्रकले बिलविजक भन्दाबढि सामान बोकेको सशस्त्र प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा बिलविजक भन्दाबढि औषधि र अन्य सामान बोकेको ट्रकमा करीव ७८ प्रकारका सामग्री रहेका छन् ।
ट्रकलाई आवश्यक कारवाही तथा अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया