भक्तपुरमा उमेश थापाको घरमा प्रहरीको छापा, यस्तो थियो काण्ड

काठमाडौं । प्रहरीले भक्तपुरमा जुवा तास खेल्ने समूहलाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–४ दधिकोट खड्का गाउँ बस्ने ३७ वर्षीय उमेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थमा थापा समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

थापाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोटबाट खटिएको थियो ।

प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८ सय रूपियाँ र ६१ पत्ती ताससहित पक्राउ गरेको हो ।

यसैबीच, प्रहरीले अर्घाखाँचीको सीतगंगा नगरपालिका–१२ थापलेबारीस्थित कल्लेरी सामुदायिक वनबाट १ थान भरूवा बन्दुक शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी सिमलपानीबाट खटिएको प्रहरीले उक्त वनमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

Published : Saturday, 2022 December 17, 11:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया