बुटवलमा खानेकुरा चोर्दा बबाल, एक जनाको ज्यानै गयो

बुटवल । रुपन्देहीको बुटवलमा ५५ वर्षीय अजय सोनीको हत्या गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

बुटवल उप–महानगरपालिका–९ बस्ने भारत घर भएका सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

बुटवल उप–महानगरपालिका–८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने हाल वतन नखुलेका २९ वर्षीय कृष्ण सिजाली मगर लगायत ७ जनालाई चक्कुसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मगरसहितको समूहले सोनीको ठेलामा रहेको बदाम र चकलेट चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घाइते सोनीलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएको थियो ।

सोनीको उपचारको क्रममा मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Saturday, 2022 December 17, 11:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया