बुटवलमा खानेकुरा चोर्दा बबाल, एक जनाको ज्यानै गयो
बुटवल । रुपन्देहीको बुटवलमा ५५ वर्षीय अजय सोनीको हत्या गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
बुटवल उप–महानगरपालिका–९ बस्ने भारत घर भएका सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुटवल उप–महानगरपालिका–८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने हाल वतन नखुलेका २९ वर्षीय कृष्ण सिजाली मगर लगायत ७ जनालाई चक्कुसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
मगरसहितको समूहले सोनीको ठेलामा रहेको बदाम र चकलेट चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घाइते सोनीलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएको थियो ।
सोनीको उपचारको क्रममा मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया