प्रवक्ता डा.महतको कुराले कांग्रेसका कार्यकर्ताहरूको मन छोयो

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता एवम् प्रतिनिधि सभाका नवनिर्वाचित सांसद डा. प्रकाशशरण महतले संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गर्ने प्रयास गरिने बताएका छन् ।

शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा नवननिर्वाचित सांसदहरूका लागि आयोजना गरेको कार्यक्रममा पत्रकारसँग कुरा गर्दै डा.महतले अरु दलको पनि समर्थन लिएर सरकार बनाउनुपर्ने भएकाले एकताको सन्देश दिन पनि सर्वसम्मत नेता चयनको प्रयास हुने बताए ।

उनले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले प्रधानमन्त्रीमा स्वाभाविक दाबी रहेको उल्लेख गरेका छन् ।

प्रवक्ता डा.महतले गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्रीमा दाबी गरेको उल्लेख गरेका छन् ।

प्रचण्डको दाबी स्वाभाविक भए पनि सबै रुपमा कांग्रेसको नेतृत्व उपयुक्त हुने उनको बताएका छन् ।

Published : Saturday, 2022 December 17, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया