देउवाले बोलाए बैठक, अब सिधै दगल फसल हुने

काठमाडौं । नयाँ सरकार गठन र भावी रणनीतिका विषयमा छलफल गर्न प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर आइबार कार्यसम्पादन समितिको बैठक बस्न लागेको जनाएका छन् ।

कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशान दिएको छ ।

सभापति देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने जनाइसकेका छन् । नयाँ सरकार कांग्रेसको नेतृत्वमा गठन गर्ने विषयमा पनि छलफल हुनेछ ।

गठबन्धनका दलहरूको सम्बन्धका बारेमा पनि कांग्रेसले छलफल गर्नेछ ।

Published : Saturday, 2022 December 17, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया