महोत्तरीमा नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । महोत्तरीमा प्रहरीले एक हजारको ११ थान नक्कली नेपाली नोटसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति जलेश्वर नगरपालिका– ३ मलिवारा बजारस्थित चोकमा नक्कली नोट साट्न खोज्दा भारतको सीतामढी जिल्ला ग्राम पंचायत भदियन थाना नानपुर– १० बस्ने २१ वर्षीय रमन कुमार पक्राउ परेका हुन् ।

उनले भारतीय रुपियाँसँग नेपाली नोट साट्न खोज्दा शंका लागी स्थानीयहरूले नियन्त्रणमा लिई प्रहरीलाई खवर गरेका थिए ।

नक्कली नोटसहित पक्राउ परेका ती भारतीयलाई जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गराई अनुसन्धानमा राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् ।

Published : Saturday, 2022 December 17, 12:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया