एकैपटक साढे आठ हजार जवानहरूको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आठ हजार ४ सय ८८ जना जवानहरूको सरूवा गरेको छ ।

सशस्त्र प्रहरीले मंगलबार जवानहरूको सरुवा गरेको हो ।

केही समय अघि देशभरका जवानहरूलाई उनीहरूको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम भराएको थियो ।

फारम भरेअनुसार हेडक्वाटरले सम्भव भएसम्म माग गरेकै कार्यालयमा जवानहरूको सरुवा गरेको छ ।

सम्भव नभएकालाई नजिकको अर्को युनिटमा सरुवा गरिएको छ ।

सीमावर्ती इलाकाका युनिटहरूमा लामो समय दरबन्दी भएका जवानहरूलाई सीमा इलाका बाहेक अन्यत्र सरुवा गरिएको छ ।

हेडक्वाटरमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ ।

जवानहरूलाई घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा मिलाएर सरुवा गरिएको छ ।

श्रीमान् र श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ ।

Published : Thursday, 2022 December 15, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया