तरुण दलका संस्थापक महासचिवको निधन, देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाल तरुण दलको संस्थापक महामन्त्री कमल चित्रकारको ८२ वर्षको उमेरमा निधन भएको छ ।

चित्रकारको राजधानीमा बिहीबार बिहान निधन भएको हो ।

स्वर्गीय चित्रकारको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

पशुपति आर्यघाटमा बिहीबार बिहान पुगेर देउवाले श्रद्धाञ्जलि दिएका हुन् ।

स्व.चित्रकारलाई नेपाल तरुण दलका पूर्व अध्यक्ष एवम् गृहमन्त्री बालकृष्ण खाण, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, कांग्रेसकी केन्द्रीय सदस्य राधा घलेलगायतले श्रद्धाञ्जलि दिएका छन् ।

Published : Thursday, 2022 December 15, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया