सभापति बानियाँलाई कांग्रेसका नेता कार्यकर्ताले दिए मुख्यमन्त्रीको शुभकामना

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँलाई नेता कार्यकर्ताले भावी मुख्यमन्त्रीको शुभकामना दिएका छन् ।

बुधबार ललितपुरको खुमलटारस्थित निवासमा कांग्रेसको चन्द्रागिरी नगर कार्यसमितिले बानियाँलाई मुख्यमन्त्री बन्न शुभकामना दिएको हो ।

मकवानपुरबाट बागमती प्रदेश सभामा निर्वाचित भएका सभापति बानियाँ संसदीय दलको नेता बन्ने तयारीमा छन् ।

बानियाँ मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । उनले मुख्यमन्त्रीको तयारी पनि गरिरहेका छन् ।

Published : Wednesday, 2022 December 14, 4:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया