महाअभियोग काण्डले बबाल भएका बेला महासचिवले होइन सचिवले राजीनामा दिए
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई सफाइदिने पत्र प्रकरणपछि विवादमा आएको संसद सचिवालयका एक जना सचिवले राजीनामा दिएका छन् ।
संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले घरायसी कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।
घिमिरेको सेवा अवधि सकिन ९ महिना बाँकी थियो । घिमिरले सचिव पदबाट राजीनामा दिएपछि खैलाबैला भएको छ । घिमिरेले उमेर हदले अवकाश पाउन ९ महिना बाँकी छ ।
घिमिरेले मंगलबार संसद सचिवायलयका महासचिव भरतराज गौतम समक्ष राजीनामा पत्र दिएका थिए ।
घिमिरेको राजीनामा पत्र बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ ।
घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत थिए ।
संसद सचिवालयका महासचिव भरतराज गौैतमले केही दिन अगाडि चालेन्द्रशम्शेर जबरालाई महाअभियोगबाट सफाइदिने पत्र दिएपछि बबण्डर भएको थियो ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको दवावमा गौतमले जबरालाई सफाइ दिएको चर्चा छ ।
झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका तत्कालीन प्रधानमन्त्री ओलीले गौतमलाई महासचिव बनाएका थिए ।
त्यस बेला संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई महासचिव बनाउन खोजिएको थियो ।
गौतमले ओलीको चाकडी गरेपछि एमालेका नेताहरूको जोडबलमा महासचिव बनाइएको थियो । महाअभियोग प्रकरणमा गौतमले अहिले आएर ओली र एमालेलाई ठूलो गुन लगाएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया