काठमाडौंमा बसको ठक्करबाट सुवासचन्द्रको मृत्यु
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।
कीर्तिपुर नगरपालिका–६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो ।
बयोधा अस्पतालमा उपचारको क्रममा रतेलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए ।
रतेलाले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।
बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।
Published : Sunday, 2022 December 11, 11:30 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया