कांग्रेसका यी नेताद्वारा दाहाल–भट्टराई–यादवसँग वार्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार सिंहदरबारमा नेता पौडेलले दाहालसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेता महिन्द्र राय यादवको पनि उपस्थिति रहेको थियो ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको नेताहरूले बताएका छन् ।

सरकार गठनको तयारी भइरहेका बेला कांग्रेस नेता पौडेलले दाहाल र भट्टराईसँग भेट गरेका छन् ।

नेता पौडेल प्रधानमन्त्रीको दौडमा छन् । पौडेलले आफ्नो पक्षमा माहोल बनाउन र समर्थन जुटाउने प्रयासमा गठबन्धनभित्र छलफल चलाउँदै आएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेको छ ।

समानुपातिकतर्फ पनि सांसद छनोटको अन्तिम तयारी छ । दल नयाँ सरकार गठनको तयारीमा जुटेका छन् ।

Published : Friday, 2022 December 9, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया