रवि लामिछानेले झोले र आसेपासेलाई च्यापेपछि काठमाडौंमा बबाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र समानुपातिक सांसद चयनका विषयमा विवाद भएपछि आन्दोलन चर्किएको छ ।

सभापति रवि लामिछानेले आफू निकटलाई समानुपातिक सांसद बनाउन चलखेल गरेपछि असन्तुष्टि देखा परेको हो ।

काठमाडौंको बसुन्धरास्थित पार्टी मुख्यालयमा धर्ना र नारावाजी भएको छ ।

सभापति लामिछानेले अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानुपातिक सांसद बनाउन खोजेको भन्दै विरोध भएको छ ।

निर्वाचन आयोगले दलहरूलाई बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसद पठाउन भनेको छ ।

दलहरूले बन्द सूचीमा पेश गरेका नामहरू नै कलस्टरअनुसार मिलाएर आयोगमा पठाउनुपर्ने हुन्छ ।

प्राइमरी इलेक्सनमा मत कम आएका र बन्द सूचीमा क्रमअनुसार तल नाम रहेकालाई पार्टीले समानुपातिक सांसद चयन गर्न लागेको विरोधमा खबरदारी सभा गरिएको छ ।

रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ । समानुपातिकमा १३ सिट जितेको छ ।

उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै क्लस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ ।

प्राइमरी इलेक्सनमा भोट कम ल्याएका तर चुनावमा नेतासँगै हिँड्ने र केही केन्द्रीय सदस्यलाई समानुपातिक सांसद बनाउन पार्टीले चलखेल गरेको समानुपातिक सांसद सूचीमा रहेका एक उम्मेदवारले आरोप लगाएका छन् ।

रास्वपाभित्र केही दिनदेखि समानुपातिक सांसद कसलाई पठाउने भन्नेमा असन्तुष्टि देखा परेको छ ।

Published : Thursday, 2022 December 8, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया