एमालेका सुवास नेम्वाङको चुरीफुरी यस कारण अन्त्य हुन सक्छ
काठमाडौं । नेपाली कांग्रेस इलामका सभापति समेत रहेका प्रतिनिधि सभाका पराजित उम्मेदवार डम्बर खड्काले पुनः मतगणनाको माग गरेर सर्वोच्च अदालतको संवैधानिक ईजलासमा मुद्दा दर्ता गराएका छन् ।
बुधबार खड्काले इलाम २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।
खड्काले एमाले उम्मेदवार सुवास नेम्वाङले धाँधली गरेर निर्वाचन जितेको दावी गरेका छन् ।
सर्वोच्चले संवैधानिक इजलासमा पछि पेशी तोकिने गरी उजुरी दर्ता भएको जानकारी दिएको छ ।
उजुरी पत्रमा मतपत्र गणना नगरिएको, हस्ताक्षर नभएका मतपत्र छलफल नगरी रद्द गरिएको, कतिपय स्थानमा कांग्रेसका प्रतिनिधि बिना नै मतगणना गरी धाँधली गरेर निर्वाचन जितेको आरोप लगाइएको छ ।
इलाम २ मा ११४ मतको अन्तरले नेम्बाङ विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार एमालेका नेम्बाङले ३० हजार २० मत पाएका छन् । कांग्रेसका खड्काले २९ हजार ९०६ मत पाएका छन् ।
कांग्रेसका खड्काको मागअनुसार पुनः मतगणना भएमा एमालेका उम्मेदवार नेम्वाङको जित उल्टिन सक्ने कांग्रेस इलामका नेताहरूको भनाइ छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया