बसन्तपुरको होटेलमा किशोरीसँग मियाँको चर्तिकला
काठमाडौं । प्रहरीले बलत्कारको अभियोगमा तेह्रथुमबाट एक जनालाई पक्राउ गरेको छ ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार ३० वर्षीय तजमुल ईस्लाम मियाँलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
मियाँको स्थायी ठेगाना सुनसरीको दुहवी नगरपालिका–९ छाताबेलीमा रहेको छ ।
तजमुलले ती किशोरीलाई मंसिर १६ गते राति लालिगुराँस नगरपालिका–२ बसन्तपुरस्थित होटेलमा जबरजस्ती करणी गरेको आरोप छ ।
पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले मियाँलाई सुनसरीको दुहवी नगरपालिका–९ छाताबेलीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Wednesday, 2022 December 7, 6:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया