आईजीपी सिंहद्वारा यी १४६ नयाँ ईन्स्पेक्टरहरूलाई दर्ज्यानी चिन्ह प्रदान, को-को उत्तीर्ण भए ?

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा आईजीपी सिंहले विभागीयतर्फ १११ जना ईन्स्पेक्टरहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उनीहरू खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नियुक्त भएका छन् ।

२०७८ मंसिर १० गते प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताको २०७९ मंसिर ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय ११ र खुलातर्फ ३५ जना गरी कुल १ सय ४६ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका थिए ।

जसमा १७ जना महिला उत्तीर्ण भएका छन् । गृह मन्त्रालय सचिवस्तरको २०७९ मंसिर १२ गतेको निर्णयले मंसिर १५ गतेदेखि लागू हुने गरी ईन्स्पेक्टरहरू नियुक्त भएका छन् ।

आईजीपी सिंहले नवनियुक्त प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आगामी दिनमा अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्न निर्देशन दिएका छन् ।

नवनियुक्त अधिकृतहरूबाट संगठनको श्रीवृद्धिका लागि अझ बढी उर्जा प्राप्त हुने सिंहले विश्वास व्यक्त गरेका छन् ।

सिंहले हालै सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ मा सम्पूर्ण कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गरी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सफल भएको बताएका छन् ।

निर्वाचन सम्पन्न गराउन खटिएका समस्त प्रहरी कर्मचारीहरूप्रति उनले विशेष धन्यवाद व्यक्त गरेका छन् ।

Published : Wednesday, 2022 December 7, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया